निजगढ सुपरमार्टले थप्यो आउटलेट ! शहीदचोकमा खुलेको मार्टमा यी हुन् नयाँ स्किम
एक महिनासम्म छुट दिने योजना

वि.सं.२०८० भदौ ३ आइतवार ११:५१

बारा–वैदेशिक रोजगारीबाट फर्केका बाराको निजगढका दुई जना युवाले सुरु गरेको सुपरमार्टले आउटलेट थप गरेको छ ।
निजगढका अमृत गौतम र अमृत तिमल्सिनाले तीन वर्षअघि निजगढ–७ मा निजगढ सुपरमार्ट सुरु गरेका थिए ।
पुरानो मार्टलाई कायम राखेर थप लगानीमा नयाँ स्किमका साथ शहीदचोकमा आउटलेट थप गरेको हो ।
निजगढ–७ स्थित शहीद चोकमा संचालनमा आएको सो मार्टको शनिवार निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले उद्धाटन गरेका छन् ।
नयाँ अफर र छुट योजना
नयाँ आउटलेटमा ग्राहकले एक महिनासम्म विभिन्न सामाग्रीमा छुट र नयाँ अफर पनि पाउने भएका छन् ।
मार्टले भाद्र महिनासम्म आफ्ना ग्राहकहरुलाई सामाग्री खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । जस अनुसार कस्मेटिक सामाग्री र पेय पदार्थमा ५ प्रतिशत, विद्युतीय सामाग्री, भान्सामा प्रयोग हुने भाडाँबर्तन र खेलौनामा १० प्रतिशत छुट सुविधा उपलब्ध गराइने छ ।
अब आफ्ना ग्राहकलाई ‘मेम्बर कार्ड’ दिने मार्टको योजना छ । कार्ड भएका ग्राहकले खरिद गरेको सामाग्रीको मूल्य अनुसार भौचर प्रदान गर्ने र वार्षिक रुपमा थप सामग्री प्रदान पाउने छन् ।

वि.सं.२०८० भदौ ३ आइतवार ११:५१