skip this

रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु, ३२ जना यात्रु घाइते

1.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको बस परासी–भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गरे । आज बिहान करिब साढे ४ बजे लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो ।

मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।

nijgadh-supermart-adz1200-630