दशदलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित छ–शंकर पोख्रेल
वि.सं.२०७९ चैत ८ बुधवार १२:२८

काठमाडौं । दशदलीय गठबन्धन लामो समय नटिक्ने नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले बताएका छन् । उनले संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै सत्तागठबन्धनका दश दलले २६ भन्दा बढी मन्त्रालय दाबी गरेकाले सरकार गठनअघि नै विवाद हुने र सरकार विस्तारलगत्तै गठबन्धन टुट्ने उल्लेख गरेका छन् । उनले एमालेले नचाहँदा–नचाहँदै दशदलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित रहेको बताएका छन् ।
मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा आर्थिक संकट निम्त्याएकाले स्थायित्व, आर्थिक वृद्धि तथा समृद्धिका लागि एमालेले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको उल्लेख गरेका छन् ।
वि.सं.२०७९ चैत ८ बुधवार १२:२८
















