समानुपातिक सांसद चयन गर्दा पार्टीले दलित र मुस्लिमलाई प्राथमिकता दिनुपर्छ–अर्जुननरसिंह केसी
वि.सं.२०७९ मंसिर २४ शनिवार १२:५९

काठमाडौं। समानुपातिक सांसद चयन गर्दा पार्टीले दलित र मुस्लिमलाई प्राथमिकता दिनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताएका छन्। समानुपातिक सांसद चयन गर्न पार्टी कार्यालयमा बस्दै गरेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा भाग लिन पुगेका उनले सो तर्क गरेका हुन्।केसीले ती समुदायको प्रतिनिधित्व हुन नसक्ने हो भने समावेशी संरचनाको जुन उद्देश्य हो, त्यसले विभिन्न समुदायमा पर्ने राजनीतिक असर र प्रभावबाट पार्टीलाई ठूलो घाटा हुने चेतावनी दिएका छन्।
प्रतिनिधि सभामा कांग्रेसले ३२ जना समानुपातिक सांसद पठाउन पाउने छ। तर, त्यसमध्ये २९ जना भने महिला नै चयन गर्नुपर्ने बाध्यता उसलाई छ। प्रत्यक्षतर्फ भने उसले ५७ सिट जितेको छ।निर्वाचन आयोगले शनिबार ४ बजेसम्म समानुपातिक सांसदको सूची पेश गर्न दलहरूलाई भनेको छ। सोहीअनुसार कांग्रेस लगायतका दलहरूको बैठक आह्वान गरिएका छन्।
वि.सं.२०७९ मंसिर २४ शनिवार १२:५९

















