अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
वि.सं.२०७९ मंसिर ११ आइतवार १६:११
5.35K
shares

बारा-बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङको मृत्यु भएको हो ।
शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२-०३-००१ ह ४३३ न.को अटोले ठक्कर दिएको थियो ।
सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।
वि.सं.२०७९ मंसिर ११ आइतवार १६:११
















