skip this

लाल बने तमलोपाको अध्यक्ष

2.85K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा वृषेशचन्द्र लाल चयन भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी केही दिन पहिले तमलोपामा प्रवेश गरेका लाललाई अध्यक्षमा चयन गरेको छ ।
आज जनकपुरमा भएको केन्द्रीय भेलाले लाललाई अध्यक्ष चयन गरेको हो । लालको अध्यक्षतामा गठन भएको ५५ सदस्यीय कार्यसमितिमा वरिष्ठ नेतामा डा.विजय कुमार सिंहलाई चयन गरेको छ ।
सदस्यहरूमा अञ्जना दत्त, अर्चना ठाकुर, इन्दुदेवी, वीरेन्द्र यादव, ईश्वर पण्डित, उमेश कुमार मण्डल, गुरुशरण यादव, गौरीशंकर सिंह, जगन्नाथ चौधरी, जयनन्दन सहनी, जयनाथ नायक, जयनाथ मण्डल, जहीर अहमद, दिलीप कुमार पाण्डेय, धीरेन्द्र सिंह, नवरतन मुरारका, नवीन कुमार सिंहलगायतका छन् ।

nijgadh-supermart-adz1200-630