भरतपुर महानगरमा कांग्रेसबाटै मेयरको उम्मेदवार हुने शेखर कोइरालाको दाबी
वि.सं.२०७८ चैत २७ आइतवार ०७:४५

काठमाडौं ।भरतपुर महानगरपालिकामा यसपटक नेपाली कांग्रेसबाट नै उम्मेदवार हुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताउनु भएको छ । शनिबार चितवन कांग्रेस सभापति राजेश्वर खनालसहित नेताहरूले कोइरालालाई भेटेका थिए। भेटमा कोइरालाले यसपालि पार्टीकै उम्मेदवार मेयरमा उठ्ने बताउनु भएको थियो ।
उहाँले भरतपुरमा पार्टीकै नेता मेयरको उम्मेदवार हुने उहाँको दाबी छ । कांग्रेसले महानगरको टिकट भने केन्द्रबाट दिने गर्छ। टिकट बाँड्ने केन्द्रीय संसदीय समिति भने गठन भएको छैन।०७४ को स्थानीय चुनावमा भरतपुरमा कांग्रेसले नेकपा माओवादीका उम्मेदवार रेनु दाहाललाई भोट
दिएको थियो।यसपालि पनि सत्तागठबन्धनबीच स्थानीय चुनावमा मिलेर जाने सहमति भएको छ। तर चितवन कांग्रेसले यसपालि भरतपुर महानगर नछाड्ने बताइरहेका छन्।०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने भएकोले कुन महानगर कसले लिने भन्नेमा निर्णय भने भइसकेको छैन।
वि.सं.२०७८ चैत २७ आइतवार ०७:४५

















