skip this bagdve 29 th

प्रदेश २ को नेपाली कांग्रेस क्रियासिल सदस्य आज सार्वजनिक हुने

987 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : नेपाली काँग्रेसले प्रदेश २ को आठवटै जिल्लाको क्रियासिल सदस्यको नाम शुक्रवार साँझ सार्वजनिक गर्ने भएको छ ।
प्रदेश २ मा असोज ५ गते वडा अधिवेशन निश्चित भएको छ ।त्यसका लागि क्रियासिल सदस्यको नाम छानविन समितिले सार्वजनिक गर्ने अन्तिम तयारी गरिसकेको बताइएको छ ।
प्रदेश २ को पर्सा र महोत्तरी जिल्लामा पहिले नै क्रियासिल सदस्यको नाम टुंगो लागिसकेपनि सार्वजनिक गरिएको छैन् । कांग्रेसका नेता रामसरोज यादवले असोज १ गते क्रियासिल सदस्यहरुको नाम प्रदेश २ मा सार्वजनिक हने बताए ।
‘क्रियासिल सदस्यको नाम सार्वजनिकमा अब ढिलाइ भए वडा अधिवेशन प्रभावित हुन सक्छ’, उनले भने–नाम सार्वजनिक नभए सम्म अधिवेशनको कार्यक्रम नै अगाडी बढन सक्दैन् ।’ कांगे्रसको पछिल्लो संशोधित बिधान अनसार वडाबाट हुने क्षेत्रिय प्रतिनिधिका लागि मात्र क्रियासिल सदस्यले उम्मेदवारी र मतदान गर्न पाउने छन् ।
यसपटक काँग्रेसको वडामा नै प्रतिनिधि छनौटमा कडा प्रतिष्पर्धा हुने देखिन्छ । वडा, पालिका, प्रदेश र संसदीय क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रिय नेतृत्व लोकतान्त्रिक बिधिबाट चयन हुनेछ ।
प्रदेश २ को सभापतिका लागि आधा दर्जन उम्मेदवार देखिएका छन् । जिल्ला सभापतिमा पनि तिव्र प्रतिष्पर्धा हुने संभावना छ । केन्द्रिय सभापतिका उम्मेदवारहरुको गुटबाट जिल्ला र प्रदेश सभापतिमा उम्मेदवार उठने देखिन्छ । देशैभरि कांग्रेसको क्रियासिल सदस्यको संख्या ५५ लाख पुगेको पार्टीको दावी छ ।

nijgadh-supermart-adz1200-630