skip this

अष्ट्रेलियामा सवारी दुर्घटनामा ज्यान गुमाएका अशिमको शव नेपाल ल्याउने तयारी

1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सिड्नीको लेपिङ्गटनमा मोटरसाइकल दुर्घटनामा परी २४ वर्षे नेपाली युवक अशिम थपलियाको निधन भएको छ । उनी बस्दै आएको घरबाट डेढ सय मिटर पर सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अष्ट्रेलिया डेको दिन जनवरी २६ को राति दुर्घटना भएको छ । काठमाडौं चाबहिल घर भएका अशिम सन् २०१६ मा आइटी पढ्न अष्ट्रेलिया आएका थिए । उनी टीआर भिषामा यहाँ आएका हुन् ।
नेपालमा रहेका बाबुआमाले अशिमको अन्तिम संस्कार गर्ने इच्छा देखाएपछि उनको शवलाई नेपाल पठाउने तयारी भइरहेको छ ।
अशिमका नातेदार उमेश मानन्धरका अनुसार शव पठाउनका लागि अशिमका छिमेकी राजेश तिमिल्सिनाले गोफण्ड मिमार्फत सहयोग संकलन गरिरहेका छन् ।

nijgadh-supermart-adz1200-630