skip this yams_Max_Hospital.jpeg

लागुऔषध हेरोइनसहित कुवेतमा एक नेपाली पक्राउ

468 shares
oil-nigam-amlekhgunj-adv.jpeg

दोहा: कुवेतमा पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको छ । कुवेतको आन्तरिक सुरक्षा मन्त्रालयले त्यहाँको हवाली क्षेत्रमा गस्ती गरिरहेको अवस्थामा एउटा गाडी पार्किङ गरी बसेका चालकलाई भेटेको र खोजतलास गर्दा उनको गाडीबाट पाँच झोला हेरोइनसहित एक नेपाली युवालाई पक्राउ गरिएको जनाएको छ ।
  ती नेपालीलाई हेरोइन बिक्रीका लागि ग्राहक कुरेर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको र उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लागुऔषध प्रवर्तन विभाग पठाइएको कुवेत प्रहरीलाई उद्रित गर्दै अरब टाइम्सले जनाएको छ ।
   पक्राउ परेका ती नेपालीको परिचय भने खुलाईएको छैन । कुवेतमा पछिल्लो समय गैरकानुनी रुपमा बसेका नेपालीहरूले लागुऔषध, घरेलु मदिरा बिक्री वितरण गरेको आरोपमा धेरै नेपालीहरू पक्राउ परिसकेका छन् ।
    यस्ता गतिबिधिमा पक्राउ परेकाहरूलाई त्यहाँको सरकारले पुन: कुवेत फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।

nijgadh-supermart-adz1200-630