प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको छ –मुख्यमन्त्री जम्मकट्टेल
वि.सं.२०७९ माघ ५ बिहीवार १०:४३

काठमाडौं । प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बताएका छन् उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश र उद्योग वाणिज्य सङ्घ खैरहनीको संयुक्त आयोजनामा बुधबारदेखि खैरहनीमा सुरु भएको बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले प्रदेशलाई आत्मनिर्भर बनाउन पकेट कार्यक्रम सञ्चालनको तयारी गरिएको बताएका हुन । उनले भने, “एक पालिका, एक क्षेत्रको पकेट बनाउने गरी योजना ल्याउन लागेका छौँ ।”
कृषि क्षेत्रले आफ्नो स्थान बनाएर आर्थिक गतिविधिलाई अघि बढाउने गरी कार्यक्रमको तयारी गरिएको मुख्यमन्त्री जम्मकट्टेलले बताएका छन् । चितवनसहितका छ जिल्लामा बीउ उत्पादनका लागि कार्यक्रम ल्याइने उनको भनाइ थियो । अहिलेको व्यापार घाटा घटाउने विषय चुनौतीको विषय रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्मकट्टेलले उत्पादनमुखी उद्योगमा जोड दिनुपर्ने बताएका छन् ।
वि.सं.२०७९ माघ ५ बिहीवार १०:४३

















