प्रधानमन्त्री दाहाल र रामचन्द्र पौडेलबीच भेटवार्ता, के विषयमा भयो छलफल ?
वि.सं.२०७९ माघ ५ बिहीवार १०:३३
861
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारीदिएको छ ।
आज संघीय संसद्को सभामुख पदका लागि निर्वाचन हुँदैछ । संघीय संसद्को सभामुखमा सत्ता गठबन्धनबाट नेकपा (एमाले) का देवराज घिमिरे र विपक्षी दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपाने बीच प्रतिस्पर्धा हुँदैछ ।सभामुख निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका स्थायी समिति सदस्य तथा झापा क्षेत्रनम्बर २ वटा निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।
वि.सं.२०७९ माघ ५ बिहीवार १०:३३

















