skip this yams_Max_Hospital.jpeg

हेटौंडाको कर्रा खोलाले ट्रक बगायो, दुई जना बेपत्ता

543 shares
oil-nigam-amlekhgunj-adv.jpeg

मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित कर्रा खोलाले एक ट्रक बगाएको छ ।
आज दिउँसो (शुक्रबार) शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३ ख १४४० नम्वरको ट्रक कर्रा खोलामा आएको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त ट्रक खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४२ बर्षीय गणेश थापा मगर बेपत्ता भएका हुन् ।
हाल घटनास्थलमै प्रहरी निरीक्षकको टोली रहेको र बेपत्ता भएका उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630