skip this

टुकुचा खोलाले बगायो मोटरसाइकल, चालकको उद्धार

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौँमा परेको वर्षाका कारण टुकुचा खोलामा आएको बाढीले एकजनाको मोटरसाइकल बगाएको छ।

काठमाडौँ महानगरपालिका वडा-२ लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिक टुकुचा खोलामा आएको बाढीले मोटरसाइकलसहित एक व्यक्तिलाई बगाएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

काठमाडौँ महानगरपालिका धापासी घर भएका २१ वर्षीय सुरज अर्यालसहित बागमती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल बाढीले बगाएको हो।

चालक अर्याललाई तत्काल सकुशल उद्धार गरिएको छ भने बगाएको मोटरसाइकल खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।

nijgadh-supermart-adz1200-630