skip this yams_Max_Hospital.jpeg

गैँडा चोरीसिकारको अभियोगमा फरार व्यक्ति पक्राउ

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् ।
   निकुञ्जको अनुरोधमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्रेको हो ।
    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए ।
   उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए ।
   अधिकारीका अनुसार फरार १० मध्ये निज लामा पक्राउ परी पुर्पक्षका लागि भरतपुर कारागार चलान गरिएका हुन् ।

nijgadh-supermart-adz1200-630