skip this yams_Max_Hospital.jpeg

लागुऔषध ब्राउनसुगरसहित झापाबाट तीन जना पक्राउ

462 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।
   प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
   अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक होटलबाट पाँचथर फिदिमका २७ वर्षीय रोशन सुवेदी र २८ वर्षीय सुमन कार्कीलाई छ ग्राम ७०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उनले बताए ।
   त्यस्तै बिहीबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीखेल मैदान छेउबाट भारत दार्जिलिङका २४ वर्षीय रतन सिंहलाई पाँच ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

nijgadh-supermart-adz1200-630