skip this farak Kura Pravakar

खोरमै पसेर चितुवाले मार्‍यो २३ बाख्रा

840 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : बर्दियामा खोरभित्रै पसेर चितुवाले २३ वटा बाख्रा मारेको छ । गुलरिया नगरपालिका–५, सन्तोषी टोलमा व्यवसायिक रूपमा बाख्रा पालन गरिँदै आएको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसेर २३ वटा बाख्रा मारेको हो ।
   खोर भित्र बाधिएका २३ वटा बाख्रा मार्दा ३ लाख बराबरको क्षति भएको बाख्रा कृषक चन्द्रकान्त पौडेलले बताए ।
   नजिकैको सामुदायिक वनबाट आएको चितुवा आइतबार राति खोरमा भएका सबै बाख्रा मारेको उनले बताए ।
     सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मारिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630