skip this yams_Max_Hospital.jpeg

काठमाडौँ उपत्यकामा तीन जनाको शंकास्पद मृत्यु

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : काठमाडौँ उपत्यककाका विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् ।
  प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी मृत भेटिएका छन् ।
   यसैगरी काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् ।
    पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
  उता ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन् ।
   उनको टाउँको र घाटीमा धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ ।
   तीनैवटा घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630