skip this

भिरमा लागेको आगोमा जलेर बालिकाको मृत्यु

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा एक बालिकाको जलेर मृत्यु भएको छ। साँवाको दलैँचा भिरमा लागेको आगोमा जलेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

फुङ्लिङ नगरपालिका–२ तीनबरेबाट साँवास्थित मावलीघर गएकी १५ वर्षीया सुनिल थुलुङ राईको भिरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार देखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएकी बालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक कैलाश राईले बताए।

nijgadh-supermart-adz1200-630