skip this hetauda tech

रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

राैतहट – रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक परिवारका अनुसार गएको बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिवारजनले बुधबार साँझ कुटपिट भएको र बिहीबार प्रहरीलाई खबर नभएकाे प्रहरीले जनाएको छ । घटनाबारे खबर पनि नगरिएकाे र घाइतेलाई उपचारको लागि पनि नलगिएन पाईएकाेले घटथाबारे अनुसन्धान भईरहेकाे राैतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630