एक महिनामै फेरिए बाराका सिडियाे, सुनसरीबाट मिश्र आउने
वि.सं.२०८२ कात्तिक ९ आइतवार २०:३९
1.09K
shares

बारा-बारामा प्रमुख जिल्ला अधिकारी परिवर्तन हुने भएका छन्। प्रमुख जिल्ला अधिकारी रूपमा धर्मेन्द्र कुमार मिश्र बारा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत मिश्र बारामा आउने भएका हुन् बारामा रहेका प्रकाश पौडेलको भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको छानबिन आयोगमा सरुवा भएको छ ।
एक महिनाअघि मात्रै जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्व सम्हाल्न आएका पौडेल छोटै समयमा सरुवा भएका हुन् । बाराको सिमाना जोडिएको पर्सा र रौतहटमा पनि सिडियो परिवर्तन भएका छन्।
वि.सं.२०८२ कात्तिक ९ आइतवार २०:३९
















