skip this

निजगढमा श्रीकृष्ण प्रणामी सेवा समितिको एकदिने अभिमुखीकरण तालिम सम्पन्न

780 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ- श्रीकृष्ण प्रणामी सेवा समिति नेपालको आयोजना तथा श्रीकृष्ण प्रणामी मन्दिर निजगढ–६, सडकटोल, प्रणामी नगरको व्यवस्थापनमा एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

सन्त गुरुजनहरूको आशीर्वचनबाट उद्घाटन गरिएको तालिममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका निवर्तमान महासचिव एवं केन्द्रीय सदस्य (संगठन विभाग प्रमुख) नन्दकिशोर शर्मा मुख्य प्रशिक्षकका रूपमा रहनुभएको थियो । प्रशिक्षक शर्माले उत्प्रेरणात्मक नेतृत्व, अधिकार, दायित्व तथा प्रशासनिक व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

दिउँसो र बेलुकी गरी दुई शिफ्टमा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रम श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष यादवकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय अध्यक्ष मदनकृष्ण शर्मा रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा केन्द्रीय कोषाध्यक्ष अशोककुमार थापा, सहकोषाध्यक्ष अर्जुन वाग्ले तथा अतिथि मोमिन बजगाईंको उपस्थिति रहेको थियो ।

तालिम कार्यक्रममा बारा र रौतहट जिल्लाका सुन्दरसाथहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमले संगठनात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।

nijgadh-supermart-adz1200-630