यी हुन् नेकपा एमाले छाडेर एकीकृत समाजवादी राेज्ने बाराका जनप्रतिनिधि (सूचिसहित)
वि.सं.२०७८ भदौ २३ बुधवार ०५:५९
बारा : देशकै ठुलाे दल नेकपा (एमाले) विभाजकाे असर बारामा पनि देखिएको छ । दल विभाजन सम्बन्धि ऐन अनुसार एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई भदौ २२ सम्म दल राेज्ने समयसिमा ताेकिएकाेमा बारामा दुई जना प्रदेश सांसद र ३२ जना स्थानीय तहका जनप्रतिनिधिले नयाँ दलमा सनाखत गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईका अनुसार प्रदेश सांसद, वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यले सनाखत गरेका हुन् ।
बाराका तीन जना प्रदेश सांसदमध्ये दुई जनाले प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गरेका हुन् । बारा ४ क बाट निर्वाचित सुन्दर विक, समानुपातिक सांसद सीता गुरुङले समाजवादी राेजे भने बारा १ क बाट निर्वाचित त्रिलाेकी चाैधरीले एमालेलाई साथ दिए ।
यी हुन् स्थानीय तहका जनप्रतिनिधि
१.रामदास धाैजु, वडा सदस्य-जीतपुरसिमरा उपमहानगरपालिका -१
२. चिनिमाया नेपाली, वडा सदस्य- जीतपुरसिमरा उपमहानगरपालिका -२
३.पवन विश्वकर्मा, कार्यपालिका सदस्य- निजगढ नगरपालिका
४. राजकुमार राम, कार्यपालिका सदस्य- जीतपुरसिमरा उपमहानगरपालिका
५.रवि कुशवाहा, वडाध्यक्ष-फेटा गाउँ पालिका- २
६. खुदरत मियाँ, वडा सदस्य- फेटा गाउँ पालिका- ६
७.राजेन्द्र प्रसाद यादव, वडा सदस्य-कलैया उपमहानगरपालिका -२१
८.अतरिया देवी माझी, वडा सदस्य-कलैया उपमहानगरपालिका -२१
९. अच्छेलाल राम, कार्यपालिका सदस्य- बारागढी गाउँपालिका
१०.पुन्यवती कंडेल, वडा सदस्य-जीतपुरसिमरा उपमहानगरपालिका -४
११.अमिताभ चाैधरी, वडा सदस्य- जीतपुरसिमरा उपमहानगरपालिका – ४
१२.नसिम मियाँ, वडा सदस्य-जीतपुरसिमरा उपमहानगरपालिका – ४
१३.लालपरि राम, वडा सदस्य-जीतपुरसिमरा उपमहानगरपालिका -४
१४. गेनावती देवी, वडा सदस्य-कलैया उपमहानगरपालिका -१७
१५.वविता देवी पासवान, वडा सदस्य- कलैलया उपमहानगरपालिका -१७.
१६. पुरुषाेतम लामा, कार्यवाहक वडाध्यक्ष- कलैया उपमहानगरपालिका -५
१७.शुशिला पटेल कुर्मी, वडा सदस्य- कलैया उपमहानगरपालिका – ५
१८. तेतारिय पकुवाइन, वडा सदस्य-कलैया उपमहानगरपालिका – ५
१९.सुदर्शन बडाल, वडाध्यक्ष-निजगढ नगर पालिका -९
२०.जगतबहादुर न्याैपाने, वडा सदस्य-निजगढ नगरपालिका – ९
२१. उमाकान्त साह, वडा सदस्य- आदर्शकाेतवल – १
२२. उमादेवी साह, वडा सदस्य- आदर्शकाेतवल -१
२३.चन्द्रशेखर प्रसाद साह, कार्यवाहक वडाध्यक्ष-पचराैता नगरपालिका – १
२४. रसिद मियाँ अन्सारी, वडा सदस्य-पचराैता नगरपालिका – १
२५.फुलकुमारी देवी, वडा सदस्य-पचराैता नगरपालिका – १
२६.रेवन्ती देवी, वडा सदस्य-पचराैता नगरपालिका – १
२७.कृष्णप्रसाद चाैधरी, वडाध्यक्ष-बारागढी गाउँपालिका -२
२८.सुनिता कुमारी साह, वडा सदस्य-कलैया उपमहानगरपालिका -१९
२९.फुलमती देवी हजरा, वडा सदस्य-कलैया उपमहानगरपालिका – १४
३०.अलाउद्धिन मियाँ अन्सारी, वडा सदस्य- कलैया उपमहानगरपालिका – १९
३१.गेनावती देवी पासवान, वडा सदस्य- कलैया उपमहानगरपालिका -१७
३२.वविता देवी पासवन, वडा सदस्य-कलैया उपमहानगरपालिका -१७
वि.सं.२०७८ भदौ २३ बुधवार ०५:५९