skip this

बकैया नागमणी सामुदायिक वनको विधान–८० संशोधन मस्यौदा र आगामी कार्ययोजनाबारे अगुवासँग सुझाव संकलन

3.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता समूहले वनको विधान–८० संशोधन मस्यौदा र आगामी कार्ययोजनाबारे अगुवासँग सुझाव संकलन गरेको छ ।

२७ पौषमा हुने साधारण सभामा प्रस्तुत गरिने विधान–८० संशोधन मस्यौदा र आगामी कार्ययोजनाको विषयमा अगुवा उपभोक्ता भेला आयोजना गरिएको समुहले जनाएको छ ।

भेलामा अगुवा उपभोक्तासँग मिहिन ढंगले अगुवा उपभोक्ताहरुबाट सुझाव लिने र आगामी साधारण सभामा पेश गर्ने निर्णयसहित सम्पन्न भएको भेलामा सहभागि समुहका पुर्व अध्यक्ष एव हालको प्रमुख सल्लाहकार रविराज दंगालले जानकारी दिए ।

समुहका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको भेलामा समुहका पूर्व अध्यक्ष, वडाका जनप्रतिनिधि र अगुवा उपभोक्ता सहभागि भएको समुहका कार्यालय सचिव हरि न्यौपानेले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630