skip this yams_Max_Hospital.jpeg

अवतार साकोस निजगढले सम्मान गर्‍यो खेलाडी फुटवल र तेक्वान्दोका राष्ट्रिय खेलाडी

2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–८ स्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणको अवसरमा विभिन्न व्यक्तिलाई विभिन्न शिर्षकमा सम्मान गरेको छ ।

संस्थाले खेल क्षेत्रबाट तीन जना खेलाडीलाई सम्मान गरेको हो । जसमा फुटबलतर्फ समीर तामाङ, करुणा बुढाथोकी र तेक्वान्दोतर्फ लिलाकुमारी सापकोटा मनिषालाई सम्मान गरेको हो ।

उनीहरुलाई संस्थाले सेयर पाँच हजार र बचत खाता पाँच सयको घोषणा र प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल साफ यू–१९ च्याम्पियनसिपमा चम्किएका फुटबल खेलाडी हुन्, समीर तामाङ । बाराको निजगढ नगरपालिका ८ का समिरको उत्कृष्ठ प्रदर्शनले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो ।

त्यसैगरि ७ औं दक्षिण एशियाली च्याम्पियनसिप आईटिएफ तेक्वान्दो प्रतियोगिताकी स्वर्ण पदक विजेता हुन्, निजगढ ४ की लिला कुमारी सापकोटा (मनिषा) ।

त्यसैगरि करुणा यु–१६/१७ नेपाली महिला फुटबल राष्ट्रिय टोलीमा पर्न सफल खेलाडी हुन् ।

उनीहरुलाई मधेस प्रदेशकी सांसद मिनाकुमारी लामा र निजगढ नगर उपप्रमुख सोममाया थिङ, संस्थाका अध्यक्ष अजय लामाले दोसल्ला, प्रमाण–पत्र प्रदान गरेका थिए ।

nijgadh-supermart-adz1200-630