skip this farak Kura Pravakar

‘ह्याट्रिक’ पुरा गर्ने दाउमा पुरुषोत्तम पौडेल !

‘अच्चयुत जी र मेरो मित्रतापूर्ण प्रतिस्पर्धा हो’

2.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– वि.स. २०५१ मा बारा क्षेत्र नं. ३ बाट २९ वर्षका युवा निर्वाचित भए । उनी थिए, नेकपा (एमाले) का पुरुषोत्तम पौडेल । त्यसबेला बारामा ४ वटा निर्वाचन क्षेत्र थिए । उनीसंगै बारा १ मा मुकुन्द न्यौपाने, बारा ४ मा सलीम मियाँ एमालेबाट निर्वाचित भएका थिए ।

२०४८ मा २५ वर्षको उमेरमा पुरुषोत्तम पौडल प्रथम वडा अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै ।

त्यसको झण्डै १९ वर्षपछि दोस्रो संविधान सभा निर्वाचनमा २०७० मा उनी बारा क्षेत्र नं. ६ बाट सभासद पदमा निर्वाचित भए । तत्कालिन शुसिल कोईराला नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका उनी सदस्य सचिव नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएपछि १४ असोज २०७२ मा राजिनामा बुझाए ।

त्यसअघि २०६४ को निर्वाचनमा सोहि क्षेत्रमा तत्कालिन नेकपा माओवादीका जयराम दाहालसंग उनी पराजित भएका थिए । एक हजार भन्दा बढि मतले पछाडि परे पाैडेल । कांग्रेसका शम्भु बुढाथोकी तेस्रोमा खुम्चिए ।

राज्य पुर्नसंरचनापछि पौडेलको बसोबास रहेको बारा क्षेत्र नं. १ मा प¥यो । निजगढदेखि सिम्रौनगढसम्म समेटिएको यो क्षेत्रबाट उनी २०७४ मा प्रतिस्पर्धी हुन चाहान्थ्ये । तर टिकट अर्का नेता अच्चुत मैनालीले हात परे । उनी कांग्रेसका उमाकान्त चौधरीसंग पराजित भए । बाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका चौधरी अहिले सरकारमा खानेपानी मन्त्री छन् ।

मंसिर ४ का लागि घोषित संघीय निर्वाचनमा पौडेल तेस्रो जीत निकाल्ने गरि ह्याट्रिक पुरा गर्ने दाउमा छन् । तर एमालेबाट कसले टिकट पाउँछ भन्ने पक्का भएको छैन् । सत्ता गठबन्धनबाट मन्त्री चौधरीले नै टिकट पाउने पक्कापक्की जस्तै छ । उनी चौथो पटक निर्वाचन लड्दैछन् ।

बारा १ मा उमाकान्त चौधरी झन् बलियो ! एमालेबाट कसले दिन्छ टक्कर ?

पौडेल भर्सेस मैनाली

पाँच वर्षअघि जस्तै यो पटक पनि टिकटको लागि पौडेल र मैनालीकै प्रतिस्पर्धा छ । अघिल्लो पटक मैनालीले बाजी मारेका टिकट यो पटक पाैडेलले हात पार्लान त ? निजगढमा जनतासंगको भेटघाटलाई बाक्लो पार्दै लगेका पौडेलले फरक नेपाललाई प्रतिकृया दिए–यो पटक मेरो सम्भावना बलियो छ । उनले भने–मेरो र मैनाली जीको मित्रवत प्रतिस्पर्धा छ । अघिल्लो पटक उहाँ माथि पर्दा म मुनी परेँ, यो पटक म माथि पर्ने सम्भावना छ । मैले टिकट ल्याएँ उहाँ (मैनाली) ले सहयोग गर्नुहुन्छ । उहाँले पाए म जिताउन लागि पर्नेछु ।

मन्त्री चाैधरीलाइ टक्कर दिनसक्ने नेताका रुपमा पार्टी पंकिबाट आफुलाइ हेरेकाे प्रतिकृया पाएका पाैडेल उत्साहित देखिन्छन् ।

यो पनि…

यी हुन् प्रतिनिधि सभाको लागि सिफारिसमा परेका एमालेका नेता

समानुपातिमा मेरो लागि हैन

नेता पौडेलले बारा क्षेत्र नं. १ बाटै प्रत्यक्ष निर्वाचन जित्ने आफ्नो लक्ष्य रहेको सुनाए । उनले आफुले निर्वाचन क्षेत्र पनि नछाड्ने र समानुपाति वा मनोनितमा समेत सांसद नबन्ने अडान लिएको बताए । अघिल्लो पटक पनि मलाई पनि समानुपातिकमा बस्न प्रस्ताव आएको थियो,’ नेता पौडेलले भने–त्यो हाम्रो लागि होईन् । हामी प्रत्यक्षमा निर्वाचित हुन सक्छौं । जो राष्ट्रका लागि खाँचो छ तर प्रत्यक्ष निर्वाचन जित्न सक्दैन उसका लागि व्यवस्था गरिएको प्रणाली हो, उनले थप प्रस्ट्याए ।

यो पनि…

पुरुषोत्तम पौडेल विरुद्ध अभियान चल्यो ! बारा १ मा एमालेबाट अच्युतको सम्भावना बलियो ?

nijgadh-supermart-adz1200-630