skip this

म र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुन्छ –रवीन्द्र मिश्र

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं।  रवीन्द्र मिश्रले आफू र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुने भएको बताएका छन्। रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन ।सोमबार राजीनामा दिएका मिश्र बुधबार राप्रपामा समाहित हुने भएका हुन्। आज समाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले आफ्नो राप्रपा विलयलाई ‘वृहत ध्रुवीकरण एकता’ भएको उल्लेख गरेका हुन् । बृहत शक्ति निर्माणमा संलग्न हुन चाहनेहरूलाई रवीन्द्र मिश्रले निम्ता दिएका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘चुल्हे निम्ता, यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई ममात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो। त्यसो होइन। यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्। केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुनेछ भने तहगत मिलानका लागि एउटा समिति पनि बन्नेछ। बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहने साथीहरूलाई छोड्ने भन्ने त कुरै भएन। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो ।

nijgadh-supermart-adz1200-630