skip this yams_Max_Hospital.jpeg

तेस्रो ल्होछार कप नकाउट फुटबल प्रतियोगितामा रतनपुर युनाइटेडको बिजयी सुरुवात

474 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–निजगढ–१० लालस्थित बुद्धचोक मिनि रंगशाला बिहिवारबाट सञ्चालन भएको तेस्रो ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोगिता–२०८१ मा रतनपुर युनाइटेड युवा क्लबले विजयी सुरुवात गरेको छ ।

योङ्ग स्टार युनाइटेड क्लवले आयोजना गरेको प्रतियोगिताको पहिलो दिनको खेलमा निजगढ–११ रतनपुरको क्लबले सलार्हीको हरिवन–६ को आर एफ सि ०–०१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा रतनपुर युनाइटेडका जर्सी नं. ११ का खेलाडी दिपेश गुरोले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा आर एफ सि हरिवन सर्लाही हाबी भएपनि गोल गर्न नसक्दा नतिजा भने रतनपुर युनाइटेडको पक्षमा आयो ।

खेलको म्यान अफ दि म्याच हुन सफल रतनपुर युनाइटेडका गोलरक्षक अभिशेख चौधरी घोषित भए । उनलाई क्लबका अध्यक्ष आशिष बोम्जन र आयोजक क्लबका सल्लाहकार तिलक बहादुर घलानले म्यान अफ द म्याच हस्तान्तरण गरे ।

त्यस्तै दोश्रो दिन शुक्रबार हुने पहिलो खेल एभरेस्ट एकेडेमी लालबन्दी सर्लाही भर्सेस निजगढ सिटि क्लब, निजगढ–५ बीच दिउँसो एक बजे प्रतिस्पर्धा हुनेछ भने त्यस्तै सोही दिनको दोस्रो खेल हेटौंडा एकेडेमी मकवानपुर भर्सेस योङ्ग स्टार युनाइटेड क्लब, निजगढ–१० घरेलु टिम आयोजक बीच अपरान्ह तीन बजे प्रतिस्पर्धा हुने क्लबका सल्लाहकार कुमार लामा मोक्तानले जानकारी दिए ।

यसअघि प्रतियोगिताको उद्घाटनमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल सहभागि भएका थिए ।

उद्घाटन समारोहलाई भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले सम्बोधन गरेका थिए ।

suratha_puri
निजगढ नगरपालिकाका मेयर सुरथ पुरी ।

त्यस्तै मरिण गाउँपालिका अध्यक्ष विमर्स मुक्तान, नेपाल तामाङ्ग घेदुङ जिल्ला समन्वय समिति बाराका अध्यक्ष एवं निजगढ वडा नं. १३ का अध्यक्ष सुर्य घलान, नेकपा (एमाले) का नेता जयराम कुमर, नेकपा (माओवादी केन्द्र) निजगढ नगर अध्यक्ष सन्तोष दंगाल, नेपाली कांग्रेसका नेता विष्णु खड्का, क्लबका पूर्व अध्यक्ष शिद्धार्थ लोप्चनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मरिण गाउँपालिका अध्यक्ष विमर्स मुक्तान ।

क्लबका अध्यक्ष आशिष बोम्जनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चलन कुमार मोक्तान र स्वागत तिलक घलानले गरेका थिए ।

क्लबका अध्यक्ष आशिष बोम्जन ।

 

nijgadh-supermart-adz1200-630