रुसी मिसाइल आक्रमणमा दुई बालबालिका सहित १८ जनाको मृत्यु
वि.सं.२०७९ असार १७ शुक्रवार १४:३३
1.15K
shares

काठमाडौं । आज बिहान युक्रेनी बन्दरगाह सहर ओडेसामा रहेको आवासीय भवनहरूमा रुसी मिसाइल आक्रमणमा दुई बालबालिका सहित १८ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
युक्रेनी राष्ट्रपति कार्यालयका उपप्रमुख किरिल टिमोशेन्कोले दुई बालबालिकासहित १८ जनाको मृत्यु भएको बताएका छन् । ओडेसा क्षेत्रीय सरकारका प्रवक्ता सेर्ही ब्राचुकले टेलिग्राम मेसेजिङ एपमा थप ३० जना घाइते भएको बताए।
वि.सं.२०७९ असार १७ शुक्रवार १४:३३
















