skip this farak Kura Pravakar

चौथो ल्होछार कप नकआउट फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढ–१०, लालस्थित बुद्ध चौक मिनी स्टेडियममा आयोजना हुने चौथो ल्होछार कप नकआउट फुटबल प्रतियोगिता–२०८२ को टाइसिट सार्वजनिक गरिएको छ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिता माघ ७ गतेदेखि माघ १७ गतेसम्म आयोजना हुने आयाेजक याेङ स्टार क्लबका अध्यक्ष आशिक लामाले जानकारी दिए ।

सार्वजनिक गरिएको टाइसिटअनुसार प्रतियोगितामा दुई समूह—ग्रुप ‘ए’ र ग्रुप ‘बी’ बनाएर खेलाइनेछ। ग्रुप ‘ए’ मा रतनपुर युनाइटेड क्लब (बारा), पसाही युवा स्पोर्ट्स (पर्सा), एभरेस्ट एकेडेमी (सर्लाही), युनाइटेड युवा क्लब (महोत्तरी), आयोजक (निलो) र निजगढ फुटबल क्लब सहभागी छन्।

त्यसैगरी ग्रुप ‘बी’ मा हरिपुर युनाइटेड क्लब (सर्लाही), हेटौडा फुटबल एकेडेमी (मकवानपुर), आयोजक (पहेंलो), मरीन स्पोर्ट्स क्लब (सिन्धुली), चिडियाडाँह स्टार क्लब (रौतहट) र निजगढ सिटी क्लब (बारा) रहेका छन्।

नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत विभिन्न मितिमा खेलहरू आयोजना गरिनेछ भने फाइनल खेल माघ १७ गते हुनेछ। प्रतियोगिताका केही महत्वपूर्ण खेलहरू goalnepal.com मार्फत प्रत्यक्ष प्रसारण (LIVE) गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार टाइसिट सार्वजनिकसँगै खेलप्रेमी दर्शकहरूमा उत्साह थपिएको छ। प्रतियोगिताले स्थानीय तथा क्षेत्रीय स्तरका खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

nijgadh-supermart-adz1200-630