skip this farak Kura Pravakar

लोकप्रिय बचत तथा ऋण सहकारी संस्था निजगढको १६औँ वार्षिक साधारण सभा सम्पन्न

978 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका–७ शहीदचोकस्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

“सहकारीको दिगोपन, स्वनियमन र सुशासन” भन्ने नाराका साथ आयोजना गरिएको साधारण सभामा सेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साधारण सभामा संस्थाका अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको आर्थिक प्रगति, सदस्य विस्तार, बचत तथा ऋण कारोबारको अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

साथै लेखा समितिबाट पार्वती अधिकारीले आर्थिक वर्षको आय–व्यय विवरण र लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । यस वर्ष आयकर पछिको खुद नाफा ३९ लाख ६८ हजार ४ सय ३० रुपैयाँ ३२ पैसा रहेको जनाएको छ । आर्थिक वर्षको आयव्यय व्यवस्थापक रोशन तिमल्सिनाले प्रस्तुत गरेका थिए ।

त्यस्तैगरि संस्थाकी कोषाध्यक्ष अन्जु नेपालीले आर्थिक वर्ष ०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष नेपालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्सम्मत पारित भएको छ ।

त्यस्तै कार्यक्रमलाई समापान गर्दै अध्यक्ष चौलागाईंले सहकारीमार्फत स्थानीय स्तरमा आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास र सदस्यको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

साधारण सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, बजेट पारित गर्नुका साथै आवश्यक निर्णयहरू समेत सर्वसम्मतिले पारित गरेको जनाइएको छ ।

कार्यक्रममा सेयर सदस्य बागभैरभ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अमरलाल सिंगतानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा यसपटक अलि फरक शैलीमा संचालन रहेको थियो । पहिलाको जस्तो कुनै अतिथिहरु मञ्चमा देखिएनन् । संस्थाको सदस्य बहेक अन्य व्यक्तिलाई अतिथि राखेर वा कुनै तामझामसंग पार्टी प्यालेसमा साधारणसभा संचालन नगरि सहकारी प्राधिकरणको निर्देशन बमोजिम सञ्चालन गरिएको व्यवस्थापक रोशन सापकोटाले जानकारी दिए ।

साधारण सभामा उत्कृष्ट ऋणी तर्फ निजगढ–४ का अमरलाल सिन्तान, निजगढ–८ का अभिमन्यु कुमार न्यौपाने र सिङ्गोल शाखाका मिनकुमार राईलाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट बचतकर्तातर्फ निजगढ–६ का दिलिप यादव, निजगढ–७ का तिलकप्रसाद तिमल्सिना, निजगढ–६ का उत्तमप्रसाद आचार्य, सिङ्गोल शाखाकी ठुलीमाया श्रेष्ठ र निजगढ–७ का बद्रीनाथ श्रेष्ठलाई सम्मान प्रदान गरिएको छ ।

अनिवार्य मासिक बचततर्फको शेयर सदस्य सम्मान निजगढ–६ का रविप्रकाश तिमल्सिनाले प्राप्त गरेका छन् ।

कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष केदार प्रसाद गौतम र सञ्चालन संस्थाका सचिव लिला बन्जराले गरेका थिए ।

nijgadh-supermart-adz1200-630