skip this farak Kura Pravakar

जर्मन सुपर कपको उपाधि बायर्नलाई

450 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो ।
बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए । ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।
बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो । जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम छ । बायर्नले बुन्डेसलिगा जितेको थियो भने डर्टमण्डले जर्मन कप जितेको थियो ।

nijgadh-supermart-adz1200-630