skip this yams_Max_Hospital.jpeg

गुल्शन झाले काठमाडौं किंग्स ११ बाट ईपीएल खेल्ने

612 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर गुल्शन झाले आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट काठमाडौं किङ्स-११ बाट खेल्ने भएका छन् ।
काठमाडौं किङ्स-११ ले शुक्रबार गुल्शनलाई अनुबन्ध गरेको जनाएको छ । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । गुल्शन पहिलो पटक राष्ट्रिय टिममा पर्दै हाल लिग टु सिरिजका लागि ओमानमा छन् ।
गुल्शनले यसअघि नेपाल पुलिसबाट घरेलु क्रिकेट खेलेका थिए । राष्ट्रिय टिमकै लेगस्पीनर सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं किङ्स-११ ले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीलाई अनुबन्ध गरिसकेको छ ।

nijgadh-supermart-adz1200-630