skip this yams_Max_Hospital.jpeg

रोनाल्डोले छाडेपछि सिरी ‘ए’ फुटबलमा युभेन्ट्सको पहिलो जित

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : फरवार्ड क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ ।
    बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोलले हराउँदै युभेन्ट्सले पहिलो जित निकालेको हो ।
    युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले एक एक गोल गरे ।
    स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले एक एक गोल गरे । जितसँगै ५ खेलमा ५ अंक जोडेको  युभेन्ट्स १२औँ स्थानमा छ ।
    स्पेजिया ४ अंकसहित १६औँ स्थानमा छ ।

nijgadh-supermart-adz1200-630