skip this hetauda tech

बार्साविरुद्ध गोल गरेपछि सुआरेजले माफी मागेको फोटो भाइरल 

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : लुईस सुआरेज चम्कँदा शनिबार एथलेटिको म्याड्रिडले ला–लिगा फुटबलमा बार्सिलोनालाई २–० ले हरायो । उनले पहिलो गोलका लागि थोमस लेमारलाई पास मिलाइदिएका थिए भने दोस्रो गोल आफैं गरेका थिए । अहिले यही खेलको एउटा फोटो निकै चर्चामा छ ।

सुआरेजले दोस्रो गोल गरेसँगै खुसी साट्न एथलेटिकोका अन्य खेलाडीहरु उनी भएका ठाउँमा झुम्मिएका थिए । यद्यपि, सुआरेजले गोलको खुसी मनाएनन् । अरु, दुई हात जोडेर बार्सा समर्थकहरुसँग माफी मागे ।

सुआरेजले २०१४ देखि २०२० सम्म   बार्सिलोनाबाट खेलेका थिए । उनले यसक्रममा १ सय ९१ खेलमा १ सय ४७ गोल गरे । सुआरेज छँदा बार्सिलोना युरोपकै शक्तिशाली क्लब थियो । तर, यस सिजन बार्सिलोनाबाट कप्तान लियोनल मेस्सी पनि बाहिरिए । जसकारण, क्लब निकै ठूलो संकटमा छ ।

एथलेटिकोमा आबद्ध भएपनि सुआरेजले आफ्नो पूर्व क्लब प्रतिको सम्मान भने त्यागेका छैनन् । उनले एथलेटिकोमा आबद्ध भएयता बार्सिलोनाविरुद्ध गरेको यो पहिलो गोल हो ।

गत सिजन सुआरेजे नै अन्तिम खेलमा निर्णायक गोल गर्दा एथलेटिकोले ला–लिगा उपाधि जितेको थियो ।

nijgadh-supermart-adz1200-630