skip this farak Kura Pravakar

आईपीएलमा कोलकाता विजयी

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ ।
दुबईमा आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।
   हैदरावादले दिएको १ सय १६ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कोलकाताको जितमा सुबमन गिलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
     नितिस रानाले २५ तथा दिनेश कार्तिकले अविजित १८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको हैदरवादले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । हैदरावादका केन विलियम्सनले २६ रन जोड्दा अब्दुल समादले २५ रन बनाए ।
    प्रियम गार्गले २१ रन बनाए । कोलकाताका टिम साउथी, शिबम माभी र वरुण चक्रवर्तीले २/२ विकेट लिए ।
   जितसँगै कोलकाता १३ खेलमा १२ अंकसहित चौंथो स्थानमा उक्लिएको छ । ४ अंक जोडेको हैदरावाद पुछारमा छ ।

nijgadh-supermart-adz1200-630