skip this

दिवङ्गत प्रथम मेयर डा. पाैडेलकाे शाेकमा जीतपुरसिमरामा शाेक विदा

1.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-दिवङ्गत प्रथम मेयर डा. कृष्ण पाैडेलकाे अप्रत्याशित निधनकाे शाेकमा शुक्रबार जीतपुरसिमरामा शाेक विदा दिएको छ ।

जीतपुरसिमराका मेयर राजन पाैडेलले शुक्रबार शाेक सन्देश प्रकाशित गरेर जीतपुरसिमरा उपमहानगरपालिकाका प्रथम नगर प्रमुख डा. कृष्ण प्रसाद पौडेलको अकल्पनीय, असामयिक निधनले सिङ्गो उपमहानगरपालिका शोकमा डुबेको जनाएका छन् ।

शाेक सन्देशमा भनिएकाे छ- डा. पाैडेलको निधनले यसपालिकालाई अरणीय क्षति भएको छ । यस दुखद् घडीमा स्वर्गीय पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै मिति २०८० आश्विन २६ गते शुक्रबार यस उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय र शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको छ ।

nijgadh-supermart-adz1200-630