यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

वि.सं.२०७८ साउन २८ बिहीवार ०६:३८
570
shares

काठमाडौँ-: चेल्सीले यूईएफए सुपर कपको उपाधि हात पारेको छ ।
आज बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि हात पारेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
२७औँ मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिए पनि ७३औँ मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि चेल्सी च्याम्पियन बनेको हो ।

वि.सं.२०७८ साउन २८ बिहीवार ०६:३८