skip this

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै,यस्ता छन् मुख्य कार्यसुची

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिएका छन् ।

बैठकमा संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । यस्तै बैठकमा डा बाबुराम भट्टराईको पार्टीले चुनाव चिह्न र एउटै घोषणापत्रमा चुनाव लड्ने प्रस्तावबारे पनि छलफल हुने बताइएको छ ।

nijgadh-supermart-adz1200-630