skip this

धर्ना र आन्दोलनका गतिविधि छोडर अनुसन्धानमा सहयोग गर्नुहोस् – गृहमन्त्री लामिछाने

984 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आग्रह गरेका छन् । उनले सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिएका छन् ।

गृहमन्त्री लामिछानेले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न उनले आग्रह गरेका छन् ।

यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए ।

nijgadh-supermart-adz1200-630