हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ –अध्यक्ष ओली
वि.सं.२०७९ पुस २४ आइतवार १५:४६
717
shares

काठमाडौ । मंगलबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आज धुलिखेलमा सम्बोधन गर्दै ओलीले यसो भनेका हुन्।
अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको छ। यो परिवर्तन चानचुने कुरा होइन, उनले भने प्रधानमन्त्रीले २६ गते विश्वासको मत लिँदैछन्। तर सरकारविरुद्ध अनेक प्रयास भएका छन्। हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ। सरकार पनि टिक्छ।
वि.सं.२०७९ पुस २४ आइतवार १५:४६

















