गद्य कविता : एकल यात्रा
वि.सं.२०७९ जेठ २८ शनिवार ०८:२२

अन्धकारमा रथ चल्दै थियो
मनभित्र उकुस मुकुस
भएका सयौं रहरहरु
लामो सफर सँगै तँछाड
मछाड गर्दै अगाडि उभिन्थे ।
एक्कासी मेरो रथ रोकियो
किनकि एउटा पाङ्ग्रा
कमजोर थियो । यात्राका केही
साल आसमानताका गोरेटाहरु
मर्मत गर्दै हिँड्दै थिएँ ।।
जिन्दगीको यात्रा
निस्पट्ट अँध्यारो थियो उज्यालो
खोज्दा खोज्दै तहस नहस
भएको भबिस्य डो¥याउन
सहारा रोकियो बिच बाटोमा
दुई पाङ्ग्रे रथ ।
मरुभूमिमा कमल फुलाउन
खोजेँ । आँसुमा पौडी खेल्दै
जिन्दगीको पर्यायवाची अर्को
पाटो खोजेँ दियो बालेर
संसार उज्यालो बनाउने मेरो
आशा राँको बालेर खोज्दा पनि
भेट्न सकिन बरू खुट्टा अल्झिएर
आफैं लड्न पुगेँ ।

लाखौं प्रश्नका भारी बोक्दै
एक्लै यात्रामा अगाडि बढ्नु मेरो
बाध्यता थियो । उर्लेर आएको
हावाको वेग मेरै कानको बाटो
हुँदै जान्थ्यो माथी क्षितिजमा
देखिएको कालो बादलको
साम्राज्यमा ।
किन सताउछ्न् मलाई सधैं यी
यादले जहाँ प्रकृति नै मेरो
विरुद्धमा उत्रेको छ धिक्कार छ ,
अवसरवाद पुरुषत्वलाई
जहाँ यौवनका मसालेदार मीठा
पानहरु जिब्रो रातो पार्दै खाने
तिनका स्वादलाई धिक्कार छ …
आधा जिन्दगीका
वर्षात् ऋतुहरु धमिला
भेल हुँदै मनका भित्तामा
तहसनहस पार्दै कटान
गर्दैछन् । म हिजो कोअन्धकार
चिर्दै दियो बोकेर हरेक एक्ला
यात्रीहरु माझ सहानुभूति र
भोगाइका महान पुस्तकहरु
रच्दैछु ।
जुन पुस्तक मेरो जिन्दगीको
यात्रा भरी वेदनाका
संगीतले सु सज्जित रोदनका
गीती भाकामा यात्रा भरी
बज्दै जानेछ सधैं बजिरहने छ ।
तव मलाई आभाष हुनेछ
म सदाको एकल यात्री हुँ ।
सदा सदाको … … …
-सुकेधारा, काठमाडौ
वि.सं.२०७९ जेठ २८ शनिवार ०८:२२
















