संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन–रामचन्द्र पौडेल
वि.सं.२०७९ पुस ६ बुधवार ०९:४२
1.06K
shares

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र गठबन्धन बचाउन आफूले सभापति शेरबहादुर देउवालाई समर्थन गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् । संसदीय दलको निर्वाचनमा मतदान गर्न सिंहदरबार पुगेर पौडेलले मतदानअघि सन्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन गरेको बताएका हुन् ।
उनले कांग्रेस संसदीय लदको निर्वाचनमा सभापति देउवालाई समर्थन गरेका छन् । संसदीय दलको निर्वाचन केही बेरमा सुरु हुँदैछ । दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।
वि.सं.२०७९ पुस ६ बुधवार ०९:४२

















