निजगढ नगरपालिकाका प्रथम मेयर खनाललाई गाैरीशंकरकाे स्वर्ण जयन्तीमा सम्मान
वि.सं.२०८० माघ १० बुधवार १७:२८
2.87K
shares

बारा-बाराकाे निजगढ-८ स्थित गाैरीशंकर माध्यमिक विद्यालयकाे स्वर्ण जयन्तीको अवसरमा निजगढ नगरपालिकाका प्रथम मेयर सुरेश खनाल सम्मानित भएका छन् ।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा विजयी भएका खनाल दाेस्राे पटक २०७९ मा भने पराजित भएका थिए ।
उनलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्ताैलाले सम्मान गरेका हुन् ।
पुर्व विद्यार्थी खनालले जनप्रतिनिधिका रुपमा निजगढकाे विकासमा याेगदान दिएको भन्दै विद्यालयले सम्मान-पत्र र दाेसल्लासहित सम्मान गरेकाे हाे ।
वि.सं.२०८० माघ १० बुधवार १७:२८

















