skip this yams_Max_Hospital.jpeg

नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको २८ औं वार्षिक साधारण सभा सम्पन्न

345 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाको २८ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

निजगढ ९ स्थित रेडक्रस भवनमा भएको साधारण सभाको नेपाल रेडक्रस सोसाईटी बाराका उपमहामन्त्री कृष्णप्रसाद खरेलले गमलामा जलशेचन गरेर उद्घाटन गरेका छन् ।

साधारण सभामा प्रस्तुत कोषाध्यक्ष सुभद्रा नेपालको लेखा प्रतिवेदन र सचिव मोहन दुरुड (डिसी) ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

उपशाखा सभापती धितालको अध्यक्षतामा भएको सो साधारण सभामाको नेपाल रेडक्रस सोसाइटी बारा जिल्ला शाखा उपमन्त्री कृष्णप्रसाद खरेल, निजगढ वडा नं. ९ का वडा अध्यक्ष जिल्ला सदस्य रामकुमार उप्रेती, पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समुदायमा आधारित निजगढ सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद न्यौपाने, पत्रकार महेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाको अवसरमा शाखामा आवद्ध नयाँ सदस्यहरुलाई सदस्यताको प्रमाण पत्रसमेत वितरण गरिएको थियो ।

उपशाखा सभापती रुद्र धितालको अध्यक्षतामा भएको साधारण सभामा स्वागत प्रमिला नेपाल र सञ्चालन विष्णु खड्काले गरेका थिए ।

nijgadh-supermart-adz1200-630