तेस्रो ल्होछार कप : सर्लाही र योङ्ग स्टार क्वाटर फाईनलमा प्रवेश

वि.सं.२०८१ माघ ४ शुक्रवार २३:०७

निजगढ– बाराको निजगढ–१० लालस्थित बुद्धचोक मिनि रंगशाला बिहिवारबाट सञ्चालन भएको तेस्रो ल्होछार कप खुल्ला नकाउट फुटबल प्रतियोगिता–२०८१ को दोस्रो दिनको दुई वटा खेल भएको छ ।
योङ्ग स्टार युनाइटेड क्लबद्वारा आयोजित दोस्रो दिनको पहिलो खेल अनतरगत भएको एभरेस्ट एकेडेमी लालबन्दी सर्लाही सेतो जर्सी भर्सेस निजगढ सिटि क्लब निजगढ–५ रातो जर्सी बीच भएको खेलमा सिटिलाई ००–०३ गोल अन्तरले पराजित गर्दै सर्लाहले क्वाटर फाईनलको यात्रा तय गर्न सफल भएको हो ।
सिटिले खेल अवधिभर कुनै पनि जवाफी गोल फर्काउन नसक्दा हार बेहोर्नु परेको थियो । खेलको म्यान अफ द म्याच जर्सि नं. ५ का पहिलो गोलकर्ता गौरव श्रेष्ठलाई वडा नं. ५ र ७ का वडा अध्यक्ष सुर्य बहादुर थापा र टेक बहादुर लामाले हस्तान्तरण गरे ।
त्यस्तै दोस्रो खेल हेटौंडा एकेडमी मकवानपुर निलो जर्सी भर्सेज योङ्ग स्टार युनाइटेड क्लब निजगढ–१०,लाल आकासे जर्सी घरेलु टिम आयोजक बिच भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ००–०३ गोल अन्तरले मकवानपुरलाई पराजित गर्दै आयोजक घरेलु समूहले आफ्नो क्वाटरफाईनलको यात्रा तय गर्न सफल भएको छ ।
खेलको पहिलो हाल्फमा जर्सी नं. १८ का खेलाडी प्रशान्त जिम्बा र दोश्रो हाल्फमा जर्सी न ६ का खेलाडी सुदिप लामा र जर्सि न ७ का खेलाडी जोन तामाङ्गले १–१ गोल प्रहार गर्दै ० का विरुद्ध ३ गोलले अग्रता लिन सफल भएका थिए ।
दोस्रो खेलको म्यान अफ द म्याच हुन सफल योङ्ग स्टारका जर्सी ६ का खेलाडी टिम क्याप्टेन सुदिप जिम्बालाई निजगढ नगरपालिका १ नं. वडा अध्यक्ष मङ्गले लोप्चन र निजग नगर खेलकुद बिकास समितिका बोर्ड मेम्बर साईला लामाले म्यान अफ द म्याच हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै तेश्रो दिनको भोलि ५ गते शनिबार हुने पहिलो खेल विरगन्ज युनाइटेड पर्सा भर्सेस अलटोकि क्लब रौतहट बीच दिउँसो ००ः०१ बजे प्रतिस्पर्धा हुनेछ भने त्यस्तै सोही दिनको दोस्रो खेल बेङ्गखाडि युवा क्लब, महोत्तरी भर्सेस हिमाल युवा क्लब,निजगढ–८ बीच अपरान्ह ०३ः०० बजे प्रतिस्पर्धा हुनेछ ।

वि.सं.२०८१ माघ ४ शुक्रवार २३:०७