skip this

उपनिर्वाचनका लागि चैत २३ गतेदेखि आचारसंहिता लागु गरिने

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। यही चैत २३ गतेदेखि वैशाख १० गते हुने उपनिर्वाचनका लागि आचारसंहिता लागु हुने भएको छ। बिहीबारदेखि आचारसंहिता लागु गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । आयोगको पदाधिकारी बैठकबाट निर्णय भएपछि तोकिएका क्षेत्रमा आचारसंहिता लागु हुनेछ।

चितवन २ र बारा २ र तनहुँ १, मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो।तीनै क्षेत्रमा गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।वैशाख १० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म यी तीन क्षेत्रमा मतदान हुनेछ।

nijgadh-supermart-adz1200-630