skip this

सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहनेछ –कृष्णप्रसाद सिटौला

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । हरेक लोकतान्त्रिक आन्दोलनमा महामानव विश्वेश्वरप्रसाद कोइराला (विपी) का विचार सदैव मार्गदर्शकका रूपमा रहेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।४०औँ विपी स्मृति दिवसका अवसरमा भद्रपुर–१० स्थित विपीचोकमा आयोजित एक कार्यक्रममा उनले विसं २००७ सालदेखि हालसम्मका हरेक परिवर्तनका लडाइँमा विपीका विचार मार्गदर्शकका रूपमा रहँदै आएको बताए ।

त्यस्तै नेता सिटौलाले सङ्घीय गणतन्त्रको रक्षाका लागि पाँच दलको सहकार्य निरन्तर रहने बताउँदै स्थानीय तहको निर्वाचनले त्यो प्रस्ट पारिसकेकोको बताए । सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धनको सहकार्य निरन्तर रहने सिटौलाको भनाई छ ।

nijgadh-supermart-adz1200-630