अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर गर्दैन –विष्णु रिजाल
वि.सं.२०७९ वैशाख ७ बुधवार ०९:३९

काठमाडौं । पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दाबी गर्नु भएको छ । आज बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने विश्लेषण सुनाउनु भएको थियो ।
उहाँले रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण दिंदै यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको दाबी गर्नु भएको छ । उहाँले अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको जिकिर गर्नु भएको छ । रिजालले अहिलेको सत्ता गठबन्धनले चुनावमा एमालेलाई असर नगर्ने बताउनु भएको छ ।
वि.सं.२०७९ वैशाख ७ बुधवार ०९:३९

















