skip this farak Kura Pravakar

आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

852 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ।आयोगले दावी विरोधको उजूरी दिने (प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिनेसमेत) आज बिहान ११ बजेदेखि बिहीबार दिँउसो १२ बजेसम्म तोकिएको छ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन्। माघ १६ गते सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार बिहान १० बजेदेखि ११ बजेसम्म आयोगले मतदाताको नामावली सार्वजनिक गर्न लागेको हो।

nijgadh-supermart-adz1200-630